शुक्रबार, भाद्र २६ गते २०८३
images

‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठ सेटमा फर्किए

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 334
    SHARES
  • ‘द भ्वाइस अफ नेपाल’का  कोच दीप श्रेष्ठ सेटमा फर्किए


    बरिष्ठ गायक तथा नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठ सेटमा फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित भएपछि दीप श्रेष्ठ २ साता भन्दा बढी अस्पतालमा उपचार गराएर फर्किएका थिए ।

    images

    उनी, कोरोनामुक्त भएपनि केही समय आराम गर्न घरमै बसेका थिए । जसकाकारण, उनी ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन सकेका थिएनन् । दीप श्रेष्ठको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए ।

    तर, अब पूर्ण रुपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएका छन् ।अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

    images

    ‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् ।