आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले जिम्बाबे ‘ए’ लाई दियो १८२ रनको लक्ष्य

एक्सप्रेस पाना
बैशाख १८, २०७९ आइतबार
  • 794
    SHARES
  • नेपालले जिम्बाबे ‘ए’ लाई दियो १८२ रनको लक्ष्य

    वैशाख १८ काठमाडौं । जिम्बाबे ‘ए’ विरुद्धको टि२० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ ।

    images

    कीर्तिपुरस्थित टियु  क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल तयार गर्‍यो । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए ।

    नेपालका कुशलले ४६ रन बनाए । आदिल आलमले अविजित ४७ रनको योगदान गरे । रोहितकुमार पौडेलले ३६ रन बनाए ।

    images

    जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक/एक विकेट लिए। नेपाल भ्रमणमा रहेको जिम्बाबेले तीन टि२० र तीन एकदिवसीय खेल खेल्नेछ ।