आइतबार, भाद्र २८ गते २०८३
images

जिम्बाब्बे ‘ए’सँग नेपाल पराजित

एक्सप्रेस पाना
बैशाख १८, २०७९ आइतबार
  • 579
    SHARES
  • जिम्बाब्बे ‘ए’सँग नेपाल पराजित

    वैशाख १८ काठमाडौं । जिम्बाब्बेविरुद्धको टि२० शृंखलाको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रनको योगफल तयार गरेको थियो ।

    images

    आक्रामक ब्याटिङ गरेको जिम्बाब्बे ‘ए’विरुद्ध बलिङ नचल्दा नेपाल राम्रो योगफल पनि बचाउन सकेन । जिम्बाब्बेका लागि इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाएका थिए ।

    यस्तै, टोनी मुन्योङ्गाले २३ बलमा ७ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले । टाडिवान्से मरुमानीले ४१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५६ रनको इनिङ खेलेका थिए ।

    images

    जिम्बाब्बे ‘ए’का विकेटकिपर–ब्याटर क्लिभ माडन्डे ८ रनमा आउट हुँदा कुड्जाई मुन्जे ८ र रोए काया ६ रनमा अविजित रहे । नेपाली सिनियर टिममा डेब्यू गरेका बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ५० रन खर्चेर एक र करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट लिए ।