शुक्रबार, भाद्र २६ गते २०८३
images

मदिराका कारण संकटमा राउटे समुदाय

एक्सप्रेस पाना
बैशाख १९, २०७९ सोमबार
  • 464
    SHARES
  • मदिराका कारण संकटमा राउटे समुदाय

    वैशाख १९ सुर्खेत । बस्ती वरपर मदिराका खाली बोतल परस्त मात्रामा भेटिन्छन् । कोही राउटे पिउँदै गरेका त कोही पिएर झुलिरहेको अवस्थमा भेटिन्छन् । नेपालकै लोपोन्मुख समुदायको यस्तो अवस्था होला र ? भन्ने प्रश्न उब्जिन पनि सक्छ । यो सत्य हो । गत साताको मंगलबार सामाजिक सेवा केन्द्र (सोसेक)को गाडी खाद्यन्न वितरण गर्न जाजरकोटको छेडागाड नगरपालिका-५ थलबजार राउटे बस्तीमा पुग्यो ।

    images

    राउटेहरू आ-आफ्नै चालमा व्यस्त थिए । राउटेको बस्तीमै पुग्यौँ । बस्तीमा यता उती डुल्दै गर्दा ६४ वर्षीय रतन शाही उठ्न सक्ने अवस्थामा थिएनन्  । उनी मदिरामा लिप्त थिए । शरीर ठाडो नहुने गरी मदिरा पिएका थिए । कसैसँग बोल्ने अवस्थासम्मका थिएनन् ।

    त्यस्तै राउटे बस्तीका मानबहादुर शाहीको पनि अवस्था उस्तै थियो । रतन र मानबहादुर एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै राउटे बस्तीका राउटे अहिले मदिरामा लिप्त छन् । कुनै समय आफैंले जडीबुटीबाट उत्पादन गरेको मदिरा पिएर हृस्टपुष्ट राउटे समुदाय अहिले परनिर्भर हुँदै गएको छ । 

    images

    Avatar

    मदिरा पिउनकै लागि पैसा माग्छन् 
    कुनै समय जंगलमा फिरन्ते जीवन बिताउने आफैंले विभिन्न जडिबुटीको प्रयोग गरेर मदिरा उत्पादन गदै पिउँथे । जंगलका जडीबुटी खान्थे । अन्य जाति समुदायको  नजिक नहुने राउटे समुदाय अहिले मदिरा पिउनकै लागि पैसा माग्ने गर्छन् । कुनै समय पैसा छोए पाप लाग्छ भनेर अन्न गेडागुडीसँग आफूले बनाएका सामान साट्ने उनीहरू मदिरा पिउनकै लागि गाडी रोक्यो कि पैसा माग्ने गरेको छेडागाड नगरपालिका थलहका एक स्थानीय व्यापारिले भने । 'एक दिन आफू गाउँतिर गएर बाइकमा आउँदै थिए,’ उनले भने, ‘चल्दो बाइकमा एकजना राउटेले पैसाले भन्दै बाइक रोके, कसो  दुर्घटनामा परिन ।’ राउटेहरू मदिरा पिउनकै लागि बाटोघाटो, बजार बस्तीमा जहाँ भेट्यो त्यहीँ पैसा माग्ने गरेका उनी बताउँछन् । 

    Avatar

    दिनहुँ कमजोर बन्दै
    जंगलको स्वच्छ हावापानीमा जीवन बिताउँदै काठका भाडाकुँडा निर्माण गरेर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय निकै बलिया देखिन्थे । उनीहरू मदिराकै कारण दिहुँ शारीरिक रुपमा पनि कमजोर बन्दै गएका छन् । आधुनिकतामा होम्मिएसँगै उनीहरुको मृत्युदर बढ्दै गएको छ भने उनीहरुको पेसा नै संकटमा पर्न थालेको छ ।

    सरकारको लगानी बालुवामा पानी 
    कर्णाली प्रदेश सरकारले राउटे समुदायको राहत तथा पुनर्स्थापना क्षतीपुर्ति शिर्षकमा प्रत्येक वर्ष लाखौँ रकम छुट्याउछ । सरकारले छुट्याएको रकम बालुवामा पानी भएजस्तै भएको लोपाेन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकि अध्यक्ष सत्यदेवि खड्काले बताइन् । 

    वनजङ्गलमा रमाउने, खोलाकिनारमा नाङ्गै बस्ने, पहिले-पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकार गर्थे,’ उनले भनिन, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।’

    सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको तथ्यांकअनुसार राउटेको मुल प्रवाहीकरणका लागि भनेर प्रदेश सरकारले २०७५/७६ देखि हालसम्म एक करोड रुपैया छुट्याएको छ ।

    Avatar

    २०७५/७६ मा २० लाख, ०७६/७७ मा ५० लाख, २०७७/७८ मा २० लाख, २०७८/७९ मा नौ लाख गरी करिब एक करोड रुपैयाँ छुट्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा तथा महिला विकास शाखा अधिकृति अनिता ज्ञवालीका अनुसार २०७५/७६ मा २० लाखमध्ये खाद्यान्न,लत्ता कपडा र उपचार खर्च गरेर नौ लाख रुपैँया खर्च भएको र बाँकी रकम फ्रिज भएर गएको थियो  ।

    २०७६/७७ मा ५० लाख छुट्याइएको थियो जस्मा ३० लाख सामाजिक विकास कार्यालय दैलेख पठाइएको थियो । पाँच लाख २६ हजार तीनसय १८ रुपैँया सामाजिक विकास मन्त्रालयले खर्च गरेको  र बाँकी फ्रिज भएको थियो  । २०७७/७८ मा २० लाख छुट्याएकोमा ११ लाख ९४ हजार सातसय ८५ रुपैँया राउटेलाई खाद्यन्न, कपडा र उपचार खर्चमा खर्च भएको र अन्य बाँकी रकम  फ्रिज भएर गएको थियो । त्यस्तै २०७८/७९ मा नौ लाख बजेट छुट्याइएकोमा एक लाख ७६ हजार तीनसय २० रुपैँया खर्च भएको र बाँकी रकम फ्रिज भएर गएको अधिकृत ज्ञवालीले बताइन् । न्युज कारखाना