बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : काठमाडाैंसहित पहाडी क्षेत्रमा वर्षा

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 429
    SHARES
  • आजको मौसम : काठमाडाैंसहित पहाडी क्षेत्रमा वर्षा

    वैशाख २१ काठमाडौं । बिहान काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेकाे छ । गयराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे ।

    images

    स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    images

    बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।