आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई १३७ रनको लक्ष्य

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 391
    SHARES
  • नेपाललाई १३७ रनको लक्ष्य

    वैशाख २१ काठमाडौं । जिम्बाब्बे 'ए' ले टि२० सिरिजअन्तर्गत जारी अन्तिम खेलमा नेपाललाई  १३७ रनको लक्ष्य दिएको छ ।
     
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो । 

    images

    जिम्बाब्बे 'ए' का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे । उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टाडिवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किएका थिए । 

    कुडाजाई माउन्जे ६ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

    images

    नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।

    जिम्बावे 'ए' विरुद्ध पहिलो टि२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चहान्छ ।