एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग २०२१/२२ अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर सिटीलाई हराउँदै स्पेनिस ला लिगा च्याम्पियन्स रियल मड्रिड फाईनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा रियलले पाहुना टोली सिटीमाथि ३-१ गोलको पूनरागम जित निकाल्दै उपाधि नजिक पुगेको हो । रियलले समग्रमा ६-५ गोल अन्तरले सिटीलाई पराजित गर्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४औं मिनेटमा सिटीका लागि महरेजले गोल गरि खेलमा १-० गोलको अग्रता दिलाए । तर खेलको ९०औं मिनेटमा रियलका लागि रोड्रिगोले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए । त्यसपछि खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा पुनः रोड्रिगोले गोल गरि २-१ गोलको रोमाञ्चक अबस्थामा पुर्या ।
यस्तै खेल समग्रमा ५-५ गोलको बराबरी अबस्थामा पुगेपछि खेल अतिरिक्त समय तिर गयो । जसमा रियलले खेलको ९६औं मिनेटमा पेनाल्टीको अवसर सिर्जना गर्यो । उक्त पेनाल्टीलाई कप्तान बेन्जेमा कुनै गल्ती नगरी जाली चुमाए र रियललाई फाइनमा पुर्याए ।
उक्त जित सँगै रियल कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिगको नजिक पुगेको छ । अब उसले उपाधिका लागि अर्को प्रिमियर लिग क्लब लिभरपुल सँग प्रतिस्पर्धा गर्नेछ । उक्त फाईनल खेल २९ मे मा पेरिसमा हुनेछ ।


