आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले दियो जिम्बावे 'ए' लाई १३७ रनको सामान्य लक्ष्य

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 406
    SHARES
  • नेपालले दियो जिम्बावे 'ए' लाई १३७ रनको सामान्य लक्ष्य

    वैशाख २३ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी जिम्बावे ए र नेपालबीचको एकदिवसिय अभ्यास खेलमा नेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो । 

    images

    सुरुवात देखि नै खराब प्रदर्शन गरेको नेपालका लगि अलराउन्टर सोमपाल कामीले सर्वाधिक ३० रनको योग्दान दिए भने करण केसीले २५ रन बनाए । यता ओपनर कुशल मल्लले १९ रन, आसिफ शेख ५, दिपेन्द्रसिंह एैरी १८, रोहित कुमार पौडेल ३, महोमद आदिल आलामले २ रन बनाए भने सुशान भारी ११ बलको सामना गरी शन्य रनमा आउट भए । 

    यता जिम्बावे ए को लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिदा भिक्टर मुन्यारादजी न्याउची, ब्रान्डन एनेसु मावुता र केफाझुवाओले समान २/२ विकेट लिए ।

    images

    यसअघि टि२० सिरिजअन्तर्गत दोस्रो खेल वर्षाले प्रभावित भएको थियो । तीन खेलको टि२० सिरिज १-१ को बराबरीमा सकिएको थियो ।