आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल जिम्बावे ए सँग पराजित

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 571
    SHARES
  • नेपाल जिम्बावे ए सँग पराजित

    वैशाख २३ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु भएको जिम्बावे ए सँगको एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ । 

    images

    शुक्रबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य विजयी लक्ष्य पाएको जिम्बावे ए ले २६ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जिम्बावे ए को लागि इन्वसेन्ट कैयाले सर्वाधिक ४८ रन बनाए । केफाइ झुवाओ ३२ रन, रोय कैया १४ रन, तडिवानासे मरुमणिले ४ रनको योग्दान दिए ।

    यता नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान २/२ विकेट लिए । भने सोमपाल कामी र सागर ढकाले १/१ विकेट हात पारे । उक्त जित सँगै जिम्बावे ए ले तीन खेलको श्रृङखलामा १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।

    images