आइतबार, भाद्र २८ गते २०८३
images

पब्लिक यूथ क्याम्पसलाई  बीबीए क्रिकेटको उपाधि

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 367
    SHARES
  • पब्लिक यूथ क्याम्पसलाई  बीबीए क्रिकेटको उपाधि

    वैशाख २३ काठमाडौं । आयोजक पब्लिक यूथ क्याम्पसले लगातार तेस्रो पटक टियु बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई (केसीएमआईटी) १२ रनले पराजित गर्‍यो ।  

    images

    पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले पुरै २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट क्षतिमा १३७ रन मात्र बनायो । केसीएमआईटिको ब्याटिङमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित अमित मरहट्टाले ३१ रन बनाए। पब्लिक यूथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २/२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले १/१ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिङ गरेको पब्लिक यूथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो । पब्लिक यूथको ब्याटिङमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए जुन क्रममा उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए। केसीएमआईटीका बलर सक्षम उप्रेती, सुवास सापकोटा र सवन भण्डारीले १/१ विकेट लिए ।

    images

    प्रतियोगिताको उत्कृष्ट खेलाडी पब्लिक यूथका रबिन साउद घोषित भए। यस्तै उत्कृष्ट बलर पब्लिक यूथका दिवस भट्टराई र उत्कृष्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए । उपाधिसँगै पब्लिक यूथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटीले ३५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार वितरण गरे । म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पस सहभागी थिए ।