आइतबार, भाद्र २८ गते २०८३
images

पुनरागमन जितसहित इन्टर मिलान शीर्षस्थानमा, युभेन्ट्स पराजित

एक्सप्रेस पाना
बैशाख २४, २०७९ शनिबार
  • 483
    SHARES
  • पुनरागमन जितसहित इन्टर मिलान शीर्षस्थानमा, युभेन्ट्स पराजित

    एजेन्सी । इटालियन सिरी फुटबलमा साविकको विजेता इन्टर मिलानले घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै इम्पोलीलाई ४-२ अन्तरले पराजित गरेको छ । शुक्रबार रातिको पुनरागमन जितसहित इन्टर शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ ।

    images

    इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल  तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे । जितसँगै इन्टरको ३६ खेलबाट ७८ अंक  छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ । पराजित इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा छ ।

    अर्को खेलमा युभेन्ट्सले सुरुवाती  अग्रता जोगाउन नसक्दा जेनोयासंग २-१ अन्तरले पराजित भयो । खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै पाहुना टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए  । तर, अन्तिम तीन मिनेट सम्मालिन नसक्दा युभेन्ट्सले दुई गोल बेहोर्न बाध्य भयो । पराजित युभेन्ट्स तेस्रो स्थानमा उक्लनबाट बन्चित भयो ।

    images