आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई जिम्बावे ए को सामान्य लक्ष्य

एक्सप्रेस पाना
बैशाख २४, २०७९ शनिबार
  • 556
    SHARES
  • नेपाललाई जिम्बावे ए को सामान्य लक्ष्य

    वैशाख २४ काठमाडौं । दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो ।

    images

    नेपालको धारिलो बलिङ सामू जिम्बाब्वेका  जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । अन्य खेलाडीले खासै उल्लेखनीय योगदान पुर्‍याउन सकेनन् । नेपालका सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए।

    यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ । नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बावे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

    images