वैशाख २४ काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली जिम्बावे 'ए' विरुद्ध नेपालले सानदार जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बावे 'ए' लाई ९ विकेटले हराएको हो ।
जिम्बावेले दिएको ८८ रनको सामान्य लक्ष्य पाएकाे नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए ।आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।


