एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल टोटनहमसँग रोकिएको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल १-१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको लिभरपुललाई लुइस डियाजले बराबरिमा ल्याएका थिए ।
खेलको ५६औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई १-० को अग्रता दिलाए । तर ७४औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुलको हार टारे ।
जितपछी लिभरपुल शीर्ष स्थानमा फर्किएपनी त्यसको फाइदा सिटीले लिएको छ । लिभरपुलको ३५ खेलबाट ८३ अंक छ । समान अंकको सिटीले एक खेल कम खेलेको छ । टोटणहम ३५ खेलबाट ६२ अंकसहित पाचौं स्थानमा छ ।
सिटीले आइतबार नै न्युक्यासल युनाईटेडको सामना गर्नेछ । यदि जितेको खण्डमा सिटीले तीन अंकको अग्रता लिनेछ ।


