आइतबार, भाद्र २८ गते २०८३
images

क्रिकेटर सरोज चुनावी मैदानमा

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 659
    SHARES
  • क्रिकेटर सरोज चुनावी मैदानमा

    विज्ञान कार्की/ वैशाख २५ काठमाडौं । सुनसरी जिल्ला र प्रदेश नं १ का राष्ट्रिय क्रिकेट खेलाडी सरोज बस्नेतले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ४ को सदस्य पदमा उम्मेदवारी दिँदै चुनावी दौडधूपमा व्यस्त छन् । नेकपा एमालेबाट उम्मेदवारी पाएका उनले आफूले यस पद्मा जित्ने र सम्पूर्णले साथ दिने उनको भनाई छ ।

    images

    उम्मेदवारी दर्तापछि ३१ वर्षीय सरोज बस्नेत क्रिकेटमा जसरी प्रदेश नं १ र सुनसरी जिल्लालाई निष्ठावान तरिकाले जसरी मैले आफ्नो खेलाडी जिवनमा एउटा सेवा गर्न मौका पाए त्यसरी नै राजनीतिमा पनि राम्रो काम गरेर नाम राख्ने बताए । ‘नयाँ योजना र उद्देश्यले काममा लाग्छु’ उनले भने ‘यो नै मेरो जितको आधार हो ।’