वैशाख २६ काठमाडौं । क्यानाडामा अवस्थित नेपाली क्यानेडियन क्रिकेट क्लबले २०२२ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । नेपालीज क्यानडियन क्रिकेट क्लबले २०२२ मा एनसिसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको छ ।
कार्यक्रमको सञ्चालन नेपलिज क्यानडियन क्रिकेट क्लबका सचिव विनय यादवले गरेका थिए । प्रतियोगितामा टोलीका लागि को दुई फरक जर्सी सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अध्यक्ष दिपक गौतम, एनसीएनसी अध्यक्ष नरबहादुर क्षेत्री, एनसीसी कर्णालीका प्रायोजक इर्दब भट्टराई, अतुल सुवेदी, भास्कर झाले संयुक्त रुपमा कर्णाली जर्सी सार्वजनिक गरेका थिए । त्यसैगरी एनसीसीएसीसीका अध्यक्ष गोपी काफ्ले, एनआरएनए – आईसीसी सदस्य श्री गिरी बुढाथोकी, सीएससी निर्देशक धुन्डी पाण्डे र एनसीसीसी कोशी प्रायोजक आशिर्वाद सुवेदी, श्री भूमि घिमिरे र अमरस्क विकले संयुक्त रूपमा खुलासा गरेका थिए। 

