वैशाख २६ काठमाडौं । जिम्बावे 'ए' सँगको अन्तिम एकदिवसीय सिरिजमा नेपालले टस जितेर पहिला बलिङ रोजेको छ । बर्षाको कारण खेल नियमित समयमा नहुँदा ३३ ओभरमा छोट्याएको छ । यस्तै नेपाली टोलीमा दुई परिवर्तन रहेको छ ।
पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने ९ विकेटको सानदार जित निकालेको छ । नेपाल आज पनि सोहि लय कायम गरि सिरिज २-१ ले आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ ।

