आइतबार, भाद्र २८ गते २०८३
images

सिरिज जित्न नेपाललाई २१४ रनको लक्ष्य

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 419
    SHARES
  • सिरिज जित्न नेपाललाई २१४ रनको लक्ष्य

    वैशाख २६ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तिम एकदिवसीय सिरिजमा जिम्बावे ए ले नेपाल सामू २१४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा  २१३ रन बनाएपछि नेपालले २१४ रनको लक्ष्य पाएको हो । 

    मैदानमा पानी जमेको कारण नियमित समय भन्दा झन्डै ३ घण्टा पछि सुरु भएको खेललाई ३३ ओभरमा घटाएको थियो । 

    images

    जिम्बावेका तडिवानासे मरुमणिले अर्धशतकी इनिङ पूरा गरे । उनले ३१ बलमा ७ चौका र २ छक्कको साथमा ५० रन बनाए । यस्तै कुडजाइ मौन्जेले ३९ रन बनाउँदा रोय कैयाले ३६ रन बनाए । भने टोनी तनाका मुन्योंगा २४ रनको पारी खेले । 

    यता नेपालका लागि किशोर महत्तोले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले २ विकेट र दिपेन्द्र सिंह एैरी र करण केसीले समान १/१ विकेट लिए । उक्त जवाफी ब्याटिङ नेपालले केही बेरमा गर्नेछ ।