आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले जित्यो जिम्बावे ए विरुद्धको एकदिवसीय सिरिज

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 505
    SHARES
  • नेपालले जित्यो जिम्बावे ए विरुद्धको एकदिवसीय सिरिज

    वैशाख २६ काठमाडौं । त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय सिरिजमा जिम्बावे ए हराउँदै तीन खेलको सिरिज नेपालले दुई एकले जितेको छ । 

    images

    सोमबार भएको खेलमा नेपालले जिम्बावे ए माथि ६ विकेटको जित निकाल्दै सिरिज आफ्नो पक्षमा परेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा २१३ रन बनाएपछि नेपालले २१४ रनको लक्ष्य पाएको थिए । २१४ रनको विशाल लक्ष्य पाएको नेपालले ३१.१ ओभरमा ४ विकेट घुमाउँदै लक्ष्य पूरा गर्यो । 

    मैदानमा पानी जमेको कारण नियमित समय भन्दा झन्डै ३ घण्टा पछि सुरु भएको खेललाई ३३ ओभरमा घटाएको थियो । 

    images

    नेपालको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतकसहित सर्वाधिक ८४ रनको विशाल परि खेले । उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै दिपेन्द्रसिंह एैरीले ६० रनको महत्वपूर्ण बनाए भने आशिफ शेखले २४, विनोद भण्डारी २८ रनको योग्दान दिए । जिम्बावेका ब्राण्डन माभुताले ३ विकेट लिए । ब्राड इभान्सले १ विकेट लिए ।

    त्यसअघि जिम्बावेका तडिवानासे मरुमणिले अर्धशतकी इनिङ पूरा गरे । उनले ३१ बलमा ७ चौका र २ छक्कको साथमा ५० रन बनाए । यस्तै कुडजाइ मौन्जेले ३९ रन बनाउँदा रोय कैयाले ३६ रन बनाए । भने टोनी तनाका मुन्योंगा २४ रनको पारी खेले । 

    यता नेपालका लागि किशोर महत्तोले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले २ विकेट र दिपेन्द्र सिंह एैरी र करण केसीले समान १/१ विकेट लिए । उक्त जवाफी ब्याटिङ नेपालले केही बेरमा गर्नेछ ।