आइतबार, भाद्र २८ गते २०८३
images

स्वर्ण पदक विजेता खेलाडी सन्जु मृत फेला

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 451
    SHARES
  • स्वर्ण पदक विजेता खेलाडी सन्जु मृत फेला

    वैशाख २७ काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् । 

    images

    ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला पारिएको हो । 

    चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् । 

    images

    उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।