आइतबार, भाद्र २८ गते २०८३
images

इटालीयन सिरीमा रोमा पराजित

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 314
    SHARES
  • इटालीयन सिरीमा रोमा पराजित

    वैशाख २७ काठमाडौं । इटालीयन सिरी 'ए' अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ । शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमालाई फ्लोरेन्टिनाले २-० ले पराजित गरेकाे हाे ।

    images

    घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १-१ गोल गरे । 

    हारसँगै जोसे माउरिन्होको रोमाले पाँचौ स्थानमा पुग्ने अवसर गुमाएको छ । रोमा ३६ खेलबाट ५९ अंकसहित पाँचौ स्थानमा छ । फ्लोरेन्टिना समान अंक सहित छैटौं स्थानमा छ । जारी लिगमा एसी मिलान शीर्ष स्थानमा छ  ।

    images