वैशाख २७ काठमाडौं । क्यानडामा बसोबास गर्दै आएका नेपाली समुदायका चर्चित सामाजिक कार्यकर्ता नेपाली जनता समन्वय समितिका उपाध्यक्ष सुरेश रजौरेले नेप्लिज क्यानडियन क्रिकेट क्लबलाई सन् २०२२ को लागि प्रति महिना कुल ६०० डलर अर्थात ६० हजार नेपाली सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
नेप्लिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले भन्नु भयो 'रजौरेबाट नेपालिज क्यानडियन क्रिकेट क्लबलाई सहयोग पहिलो पटक होइन । रजौरेले क्लबलाई समय समयमा सहयोग गर्दै आएका छन् । सन् २०१९ मा राजौरेले क्लबको प्रारम्भिक वर्षको लागि अति आवश्यक २१०० डलर उठाउनु भएको थियो । नेपाली क्यानेडियन क्रिकेट क्लबलाई उदार सहयोगको लागि परिवार एनसीसीले रजौरेलाई फेरि पनि धन्यवाद दिन चाहन्छौं'।

