आइतबार, भाद्र २८ गते २०८३
images

सन्जु चाैधरीलाई अन्तिम श्रद्धान्जली

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 482
    SHARES
  • सन्जु चाैधरीलाई अन्तिम श्रद्धान्जली

    वैशाख २७ काठमाडौं । १३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व.सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली दिइएको छ ।

    images

    चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डा र राष्ट्रिय खेलकुद परिषद्को झन्डा ओढाएर श्रद्धान्जली व्यक्त गरे । 

    प्रतिनिधिसभा सदस्य तथा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तिम श्रद्धान्जल अर्पण गरे । 

    images

    यस्तै राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले श्रद्धान्जली व्यक्त गरेका थिए ।

    बाँके आदर्श टोल निवासी चौधरीको शव आजै उनको गृहनगरतर्फ लगिने संघले जनाएको छ ।