आइतबार, भाद्र २८ गते २०८३
images

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन

एक्सप्रेस पाना
बैशाख ३१, २०७९ शनिबार
  • 408
    SHARES
  • पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन

    वैशाख ३१ काठमाडौं । पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका कागिसो रबाडाले ३ विकेट लिए ।

    images

    यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २०९ रन बनायो । लियाम लिभिङस्टोनले सर्वाधिक ७० रन बनाए । यस्तै, जोनी बेयरस्टोले ६६ रनको योगदान गरे । बेंगलोरका हर्षल पटेलले ४ विकेट लिए ।

    बेंगलोर १३ खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ । पन्जाब १२ खेलबाट १२ अंकका साथ छैटौं स्थानमा छ । यसअघि नै शीर्ष स्थानमा रहदै गुजरात प्लेअफमा स्थान बनाइसकेको छ ।

    images