आइतबार, भाद्र २८ गते २०८३
images

नखाएको विष लाग्दैन : अन्जन विष्ट

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 503
    SHARES
  • नखाएको विष लाग्दैन : अन्जन विष्ट

    जेठ ३ काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले छिट्टै टोलीमा फर्किने आशा व्यक्त गरेका छन् । 

    images

    हिजो (सोमबार) देखि २४औँ वर्षमा प्रवेश गरेका अन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको सुभकामना दिने सम्पूर्णमा धन्यवाद दिँदै आफूहरू राष्ट्रिय टोलीको विवाद चाडै समाधान हुनेमा आशावादी रहेको बताए ।

    अन्जनले पोस्टमा नखाएको विष नलाग्ने भन्दै छिट्टै राष्ट्रिय टिमको जर्सीमा फर्किएर समर्थकहरूमा खुसी दिन मन भएको लेखेका छन् । ‘मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा मलाई सदैव साथ दिनुहुने मेरा प्यारा फ्यानहरूमा हृदयदेखिनै हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु । सायद यो जन्मदिन अरु वर्षभन्दा अलिक फरक रह्यो, आसा छ छिट्टै सबै कुरा ठिक हुनेछ । नखाएको विष लाग्दैन भन्ने लाग्छ, गल्ती नगरी कसैले पनि सजाय भोग्न नपरोस् । छिटै राष्ट्रिय टिमको जर्सी लगाई सम्पूर्ण नेपालीलाई खुसी दिन मन छ । सदैव यहाँहरुको साथ सहयोग र मायाको आस गर्दै पुनः सबैमा हार्दिक धन्यवाद ।’ अन्जनले लेखेका छन् ।

    images

    एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अल्मुताइरीले होटल छोड्न निर्देशन दिएको भन्दै अन्जनसँगै, रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठलगायतका खेलाडीले प्रशिक्षण छोडेका थिए । 

    यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानबिनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

    यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताइसकेका छन् ।

    यस विवाद समाधानका लागि एन्फाले आर्मीका मेजर जनलर भिक्टर राणाको संयोजकत्वमा विदुर विष्ट र दीपक थापा गरी तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

    नेपालले जेठ अन्तिम साता जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।