आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल लगातार युगान्डासँग पराजित

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 300
    SHARES
  • नेपाल लगातार युगान्डासँग पराजित

    जेठ ३ काठमाडौं । पाँख खेलको टि२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको छ । जितसँगै पाँच खेलको श्रृंखलामा युगान्डाले २-० अग्रता बनाएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले निर्धारित ओभरको एक बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गर्यो । युगान्डाको जितमा रिता मोसामालीले सर्वाधिक ३० रन बनाइन् । उनले ३४ बलमा तीन चौका प्रहार गरिन् । यस्तै, फ्यांक्लिन नाज्जुम्बाले १९ रन बनाउँदा जनेत एम्बाबाजीले १६ रन बनाइन् ।

    नेपालकी कविता कुँवर र सबनम राईले समान दुई विकेट लिए । यसबाहेक, सीता रानामगर र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो ।

    images

    नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन् । विन्दुले ३६ बलम दुई चौका प्रहार गरेकी थिइन् । यस्तै, सरिता मगरले २२ र कप्तान रुवीना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

    नेपालको खातामा डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रन थपिन् । युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए ।

    नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको lट२० श्रृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट श्रृंखला खेलेको हो ।