आइतबार, भाद्र २८ गते २०८३
images

मुम्बईमाथि हैदरावादको रोमाञ्च जित

एक्सप्रेस पाना
जेठ ४, २०७९ बुधबार
  • 331
    SHARES
  • मुम्बईमाथि हैदरावादको रोमाञ्च जित

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टि२० क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनकोो जित निकालेको छ । मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो ।

    images

    मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । यस्तै, टिम डाभिडले ४६ रन जोडे । हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्‍याे ।

    हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए । प्रियम गार्गले ४२ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । छैटौं जितसँगै हैदरावादले १३ खेलबाट१२ अंक जोडेर आठौं स्थानमा छ । प्रतियोगितामा दशौ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ । 

    images