आइतबार, भाद्र २८ गते २०८३
images

युरोपा लिगको उपाधि फ्रान्कफुर्टलाई

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 331
    SHARES
  • युरोपा लिगको उपाधि फ्रान्कफुर्टलाई

    एजेन्सी । युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए युरोपा लिगमा स्टकटल्याण्ड रेन्जर्सलाई पेनाल्टीमा हराउदै जर्मन क्लब फ्रान्कफुर्टले उपाधि जितेको छ ।

    images

    बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफुर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो । 

    फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो । यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए ।६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

    images