आइतबार, भाद्र २८ गते २०८३
images

लगातार तेस्रो हारसँगै सिरिज युगान्डाको पोल्टामा

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 352
    SHARES
  • लगातार तेस्रो हारसँगै सिरिज युगान्डाको पोल्टामा

    जेठ ५ काठमाडौं । पाहुना टोली युगान्डाले नेपालविरुद्धको ५ खेलको टि२० सिरिजमा ३-० ले आफ्नो पक्षमा परेको छ । अन्तर्गत तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । 

    images

    बिहिवार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो । 

    नेपालले दिएको १०० रनको मध्यम विजयी लक्ष्य पक्षाएको युगान्डाले १८.२ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

    images

    युगान्डाको जितमा केभिन विनोले अविजित रहदै ४२ रन जोडिन् । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन् ।


    नेपालकी कविता कुँवरले २ विकेट लिईन् । रुबिना क्षेत्री र इन्दु वर्माले १/१ विकेट लिईन् ।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन् ।