आइतबार, भाद्र २८ गते २०८३
images

यू-२० साफको तालिका सार्वजनिक

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 252
    SHARES
  • यू-२० साफको तालिका सार्वजनिक

    जेठ ५ काठमाडौं । यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । 

    images

    दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ९-२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताकोको मिति र तालिका सार्वजनिक गरेको हो । 

    तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोतिगाको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ । 

    images

    यस्तै नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ । यस्तै १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । 

    यस्तै फाइलन खेल २० गते हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।