आइतबार, भाद्र २८ गते २०८३
images

इन्डियन व्हील चेयर प्रिमियर लिगमा चार नेपाली खेलाडी सहभागी हुने

एक्सप्रेस पाना
जेठ ६, २०७९ शुक्रबार
  • 1.3K
    SHARES
  • इन्डियन व्हील चेयर प्रिमियर लिगमा चार नेपाली खेलाडी सहभागी हुने

    जेठ ६ काठमाडौं । इन्डियामा आयोजना हुन लागेको इन्डियन व्हील चेयर प्रिमियर लिगको तेस्रो संस्करणमा सागर पाण्डे , दान बहादुर थिङ, रमेश खत्री, विष्णु पुकार श्रेष्ठ चार नेपाली खेलाडीले सहभागिता जनाउने भएको जानकारी व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी दिए ।

    images

    प्रतियोगितामा आठ टिम को सहभागिता रहेको छ । चार जना खेलाडीहरु काठमाडौंमा आयोजना भएको एशिया कप मा खेलिसकेको खेलाडी हरु हुन भने उनिहरुसंग राम्रो क्षमता छ ।

    हामीले विगतमा पाकिस्तानमा आयोजना भएको लीगमा पनि तीन जाना खेलाडीहरुलाई सहभागिता गराएका थियौं । खेलाडीहरु वैदेशिक लीगहरुमा सहभागिताको मौका पाउनु राष्ट्रकै लागि गौरबान्तित कुरा हो । अपङ्गत नेपाली क्रिकेट खेलाडीहरुसँग धेरै क्षमता छ तर राष्ट्र र सम्बन्धित निकायहरुले अपङ्गत नेपाली क्रिकेट खेलाडीहरुलाई साथ दिए आउने दिनमा अझै धेरै अवसरहरु रहेको छ शेर्पाले भने ।

    images

    प्रतियोगित्ताको उनिहरू कुन टिमबाट खेल्ने निधों छिटै हुने र प्रतियोगिता जुन २१-२५ मा हुने जानकारी शेर्पाले गराए ।