जेठ ६ काठमाडौं । नेपालले युगान्डासँगको चौथो टि२० आई खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । यसअघि तीनै खेलमा नेपाल पराजित भएको थियो । उक्त तीन हारसँगै युगान्डाले ५ खेलको सिरिज ३-० ले दुई खेल अगावै जितेको छ ।

