जेठ ६ काठमाडौं । युगान्डासँगको चौथो टि२० आई खेलमा नेपाल विजयी भएको छ ।
नेपालले दिएको ९८ रनको लक्ष्य पाएकाे युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेटको क्षतिमा ८२ रन बनाएपछि नेपाल १५ रनले विजयी भएको हो ।
नेपालको जितमा हिरन्मायी रोयले दुई विकेट लिईन् । रोयले डेब्यु खेलमै विकेट लिएकी हुन् । यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट लिईन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित १८ ओभरमा अल आउट हुँदै ९६ रनमा समेटिएको थियो ।


