जेठ ६ काठमाडौं । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आगामी असार २० गते हुने एन्फा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
एन्फाका अनुसार नेम्वाङले शुक्रबार एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेम्बाङको अध्यक्षताको दौडमा झापा फुटबल क्लबका अध्यक्ष भगीरथ आलेको प्रस्ताव र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले समर्थन गरेका थिए ।


