एजेन्सी । जारी सिजन २०२१/२२ को उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए ।
कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि लिग गोल २७ पुर्याउन सकेनन् । खेलमा रियलले तीन टार्गेट सट प्रहार गरेको थियो । यस्तै, रियल बेटिसका ४० वर्षीय खेलाडी जोआक्विनले ला लिगामा ६०० खेल खेलेका छन् । रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो ।

