आइतबार, भाद्र २८ गते २०८३
images

आईपीएल : राजस्थान प्लेअफ पुग्ने तेस्रो टोली

एक्सप्रेस पाना
जेठ ७, २०७९ शनिबार
  • 433
    SHARES
  • आईपीएल : राजस्थान प्लेअफ पुग्ने तेस्रो टोली

    जेठ ७ काठमाडौं । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टि२० क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ ।

    images

    शुक्रबार राति चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍ये । राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाए । चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिए ।

    यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५० रन जोड्यो । चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेले । राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले समान २ विकेट लिए ।

    images

    उक्त जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ । यस अघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन् ।