आइतबार, भाद्र २८ गते २०८३
images

अन्तिम खेलमा नेपालको सहज जित

एक्सप्रेस पाना
जेठ ७, २०७९ शनिबार
  • 422
    SHARES
  • अन्तिम खेलमा नेपालको सहज जित

    जेठ ७ काठमाडौं । पाँचौं तथा अन्तिम महिला टि२० आई खेलमा नेपालले युगान्डालाई ३३ रनले पराजित गरेको छ । उक्त जितसँगै नेपालले पाँच खेलको सिरिज ३-२ ले गुमाएको छ ।

    images

    जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो । युगान्डाकी रिता मुसामालीले ३८ बलमा सर्वाधिक २६ रन बनाइन् । केभिन एविनो १५, फिओना कुलुमे ८ र जेनेत म्बावाजी १० रनमा आउट भए । सकिरा सडिक १७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहिन् ।

    यता नेपालकी इन्दु बर्माले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । अस्मिना कर्माचार्य र हिरान्माये रोयले १–१ विकेट लिए ।

    images