जेठ ८ काठमाडौं । मुलपानी क्रिकेट मैदानमा व्हील चेयर क्रिकेट संघको आयोजनामा नेपाल-भारत टि२० क्रिकेट खेल हुने खेलको इन्टरनेट पार्टनरको रूपमा वर्ल्ड लिंक जोडिएको छ ।
हिजो वर्ल्ड लिंकको पेप्सीकोला,काँडाघारी शाखामा सम्झौता भएको थियो । वर्ल्ड लिंकका ब्रान्च म्यानेजर नवीन पौडेल र प्रतियोगिताका अमपाएर रविन्द्र गुप्ता बीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले वर्ल्ड लिंक परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
वर्ल्ड लिंकका ब्रान्च म्यानेजर नवीन पौडेलले " अपाङ्गता भएका व्यक्तिहरूबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायीत्व गरेको र उहाहरुलाई सम्पूर्ण ले साथ दिनु पर्ने उनको भनाइ रहेको छ । नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल आगामी सन् २०२२ जुन १०/१२ मा हुने आयोजक संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।


