आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल र अफगानिस्तानबीच तय भएको दुई मैत्रीपूर्ण खेल रद्द

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 392
    SHARES
  • नेपाल र अफगानिस्तानबीच तय भएको दुई मैत्रीपूर्ण खेल रद्द

    जेठ ८ काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोली र अफगानिस्तानबीच तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । 

    images

    एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार ‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने ।  यस अघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो ।

    कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने ।

    images

    यद्यपि नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कने छ । कतारमा रहँदा नेपालले स्थानीय टोलीसँग खेल्नेछ । एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा कप्तान किरण कुमार लिम्बू सहित नियमित टोलीका १० खेलाडी बाहिर छन् ।