आइतबार, भाद्र २८ गते २०८३
images

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलको उम्मेदवारी घोषणा

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 501
    SHARES
  • एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलको उम्मेदवारी घोषणा

    जेठ ९ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलको उम्मेदवारी घोषणा गरेको छ । 

    images

    राजधानी एक होटलमा सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरिएको हो । एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले आफू पुनः अध्यक्ष दोहोरिने निर्णय गरेका हुन् । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।

    एन्फा अध्यक्षको निर्वाचन आगामी ६ गते हुँदैछ । यस्तै उक्त निर्वाचनको लागि यस अघि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।  

    images

    यस्तै सोमबार आयोजित पत्रकार सम्मेलनमा करिब ५४ जना मतदाता उपस्थित रहेको बताएका छन् । 

    वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ । यसैगरी उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरु दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।

    यसैगरी सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर, जुम्लाका अध्यक्ष भरत बुढथापा, मछिन्द्रका टिम म्यानेजर अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा भगवती क्लबका अध्यक्ष मनिश जोशीको उम्मेदवारी घोषणा भएको छ ।