बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा हावाहुरीसहित वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 220
    SHARES
  • आजको मौसम : यी प्रदेशमा हावाहुरीसहित वर्षाकाे सम्भावना

    जेठ १० काठमाडौं । आज मुलुकका केही प्रदेशमा वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन /चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

    images

    राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

    images