जेठ १० काठमाडौं । मुलपानी क्रिकेट मैदानमा व्हील चेयर क्रिकेट संघको आयोजनामा नेपाल–भारत टि२० क्रिकेट खेल हुने खेलको प्रायोजकको रूपमा सगरमाथा मल्टिपल कलेज जोडिएको छ।
सगरमाथा मल्टिपल कलेज डिल्लीबजार काठमाण्डौमा सम्झौता भएको थियो। सगरमाथा मल्टिपल कलेजका कोर्डिनेटर मनिस बस्नेत र प्रतियोगिताका अमपाएर रविन्द्र गुप्ता बीच सम्झौतामा हस्ताक्षर भएको थियो।
व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले सगरमाथा मल्टिपल कलेज परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
सगरमाथा मल्टिपल कलेज" अपाङ्गता भएका व्यक्तिहरूबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायीत्व गरेको र उहाहरुलाई सम्पूर्णले साथ दिनु पर्ने उनको भनाइ रहेको छ।
नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल आगामी सन् २०२२ जुन १०–१२ मा हुने आयोजक संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।
Write to Sujal Thapa


