आइतबार, भाद्र २८ गते २०८३
images

आईपीएलः फाइनल प्रवेशका लागि गुजरात र राजस्थान आज खेल्दै

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 305
    SHARES
  • आईपीएलः फाइनल प्रवेशका लागि गुजरात र राजस्थान आज खेल्दै

    जेठ १० काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२  टि२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ। पहिलो क्वालिफायर नेपाली समयअनुसार राति पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कोलकत्तामा हुनेछ । 

    images

    यस खेलको विजेता सिँधै फाइनल पुग्नेछन् । पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि मौका पाउँनेछ । नवप्रवेशी गुजरात २० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुगेको थियो । १८ अंकसहित राजस्थान दोस्रो स्थानमा छ ।  

    लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो । दोस्रो क्वालिफायरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगरोलबीच भोलि प्रतिस्पर्धा हुनेछ । 

    images