सोमबार, कार्तिक १७ गते २०८३
images
images

टि२० विश्वकपका लागि अस्ट्रेलियाको बलियो टोली घोषण '' स्मिथको पुनरागमन "

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 354
    SHARES
  • टि२० विश्वकपका लागि अस्ट्रेलियाको बलियो टोली घोषण '' स्मिथको पुनरागमन "

     

    images


    एजेन्सी । आइसिसी टि२० विश्वकप क्रिकेटको लागि अस्ट्रेलियाले आफ्नो टोली घोषणा गरेको छ । अस्ट्रेलियाले चर्चित तथा अनुभवी खेलाडीसहित बलियो टोली घोषणा गरेको हो ।

    टोलीमा कप्तानको जिम्मेवारी आरोन फिन्चले गर्ने छन् भने स्टिभ स्मिथले पुनरागमन गरेका छन् । फिन्च यसअघि घुँडाको चोटका कारण र स्मिथ कुहिनोको चोटको कारण सुरुवाती ११ बाट बाहिरिएका थिए । 

    images

    टोलीमा फिन्च र स्मिथसँगै देविड वार्नर, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, प्याट्ट क्युमिन्स र केन रिचर्डसनले पुनरागमन गरेका छन् । उनीहरू सबैजना वेस्ट इन्डिज र बङ्गलादेश भ्रमण गर्ने टोलीमा परेका थिएनन् । 

    विश्वकप खेल्ने अष्ट्रेलियाको १५ सदस्यीय टोली 

    आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा रहेका छन् ।

    t 20.jpg

    त्यस्तै वेस्ट इन्डिज र बङ्गलादेश भ्रमणको क्रममा प्रदर्शनमा सुधार गर्न नसकेका एलेक्स केरी र जोश फिलिपले भने टि२० विश्वकपको यात्रा गर्ने टोलीमा स्थान बनाउन सकेनन् ।