आइतबार, भाद्र २८ गते २०८३
images

मेघराज केसी यू-२० राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 374
    SHARES
  • मेघराज केसी यू-२० राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त

    जेठ १२ काठमाडौं । एन्फा प्राविधिक समितिको सिफारिसमा मेघराज केसी यू-२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

    images

    सातदोबाटो र थ्री स्टार क्लबका पूर्व प्रशिक्षक केसी नेपाली फुटबलमा चर्चित नाम हो । मिडियासँग कुरा गर्दै केसीले अहिलेको लागि भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुने साफ यू-२० च्याम्पियनसिपमा ध्यान केन्द्रित हुने बताए ।“त्यसपछि मात्रै एएफसी यू-२० एसियन कप छनोटको प्रतीक्षा गर्न सकिन्छ ।  ’ केसीले भने ।

    नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

    images

    सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यू-२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू-२० टोली पनि परेको छ ।

    नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । यू-२० टोलीको छनोट जुन ४ देखि ७ गतेसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।