आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन लिग : लिभरपुलविरुद्ध हुने फाइनल खेलको लागि रियलको टोली घोषणा

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 762
    SHARES
  • च्याम्पियन लिग : लिभरपुलविरुद्ध हुने फाइनल खेलको लागि रियलको टोली घोषणा

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग २०२१/२२ अन्तर्गत शनिबार हुने फाइनल खेलको लागि स्पेनिस ला लिगा लिग च्याम्पियन क्लब रियल मड्रिडले आफ्नो २६ सदस्यीय टोली घोषणा गरेको छ । 

    images

    रियलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीकोले शनिबार हुने इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुलविरुद्धको फाइनल खेलको लागि अन्तिम टोली घोषणा गरेका हुन् । 

    उनले कप्तान तथा मुख्य फरवार्ड करिब बेन्जेमा सहित युवा खेलाडी र अनुभवी खेलाडीको टोली घोषणा गरेका छन् । 

    images

    यस्तो छ लिभरपुल विरुद्ध हुने फाइनल खेलको लागि रियलको टोली

    गोलकिपर : कोर्टोइस, लुनिन, फुइडियास
    डिफेन्डर : कार्भाजल, मिलिताओ, अलाबा, भालेजो, नाचो, मार्सेलो, एफ मेन्डी
    मिडफिल्डर : क्रुस, मोड्रिच, कासेमिरो, भाल्भर्डे, लुकास, किभिएल्स, इसको, क्यामभिङ्गा
    फरवार्ड : हाजार्ड, बेन्जेमा, एसेन्सियो, जोभिक, बेल, भिनी जुनियर, रोड्रिगो, मारियानो

    रियलले दोस्रो तथा अन्तिम सेमिफाइनलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर सिटीलाई समग्रमा ६-५ गोल अन्तरले सिटीलाई पराजित गरेको थियो ।

    May be an image of text that says 'LIVERPOOL Convocatoria Squad List Courtois Kroos Lunin Modrić Fuidias Casemiro Valverde Lucas V. D. Ceballos Isco Camavinga Carvajal E. Militão Alaba Vallejo Nacho Marcelo F. Mendy Hazard Benzema Asensio Jović Bale Vini Jr. Rodrygo Mariano Carlo Ancelotti'