आइतबार, भाद्र २८ गते २०८३
images

१९ जेठबाट मकवानपुर गोल्डकप हुने

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 625
    SHARES
  • १९ जेठबाट मकवानपुर गोल्डकप हुने

    जेठ १२ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट मकवानपुर गोल्डकप हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने जनाएको हो । 

    images

    जेठ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला समन्वय समिति मकवानपुर र १० वटै पालिकाको प्रायोजन रहेको छ ।प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    images

    प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, फ्रेन्डस् क्लब, खुमलटार युवा क्लब, क्यामरुनको एभिनिएर एफसी, सिमरा ११, बागमती युवा क्लब, सर्लाही, विजय यूथ क्लब, हेटौंडा र चितवन एफसीले सहभागिता जनाउने जिल्ला फुटबल संघ मकवानपुरका महासचिव छवि सुवेदीले बताए ।