एजेन्सी । स्पेनीस ला लिगा च्याम्पियन रियल मड्रिड विश्वको सर्वाधिक धनी क्लबको सूचीमा शिर्ष स्थानमा उक्लिएको छ । जारी सिजनको ला लिगाको उपाधि जितिसकेको र च्याम्पियन्स लिगको उपाधि नजिक रहेको रियल फोब्र्सको धनी क्लबको सूचीमा शिर्ष स्थानमा फर्किएको हो ।
रियलले ला लिगा प्रतिद्धन्द्धी बार्सिलोनालाई पछि पार्दे शिर्ष स्थानमा उक्लिएको हो । फोब्र्सले सार्वजनिक गरेको सूची अनुसार रियलको कुल भ्यालु चार दशमलव एक बिलियन पाउण्ड रहेको छ ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाको चार बिलियन पाउण्ड छ भने तेस्रो स्थानमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । उसको भ्यालु तीन दशमलव ६५ बिलियन पाउण्ड रहेको छ ।
यस्तै चौथो स्थानमा लिभरपुल रहेको छ । उसको तीन दशमलव पाँच चार बिलियन पाउण्ड रहेको छ । शिर्ष १० मा पाँच वटा इंग्लिस क्लब रहेका छन । पाँचौ स्थानमा जर्मन क्लब बार्यन म्युनिख रहेको छ । उसको कुल सम्पत्ती तीन दशमलव चार बिलियन पाउण्ड छ ।
छैटौं स्थानमा म्यानचेस्टर सिटी छ । सातौं स्थानमा फ्रेन्च क्लब पीएसजी, आठौं स्थानमा चेल्सी रहँदा नबौं स्थानमा युभेन्टस र १० औं स्थानमा टोटनहम रहेको छ ।


