आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल टि२० लिगका लागि फ्रेन्चाईज टिम खरिद टेन्डर आह्वान

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 296
    SHARES
  • नेपाल टि२० लिगका लागि फ्रेन्चाईज टिम खरिद टेन्डर आह्वान

    जेठ १३ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टि२० लिगका लागि फ्रेन्चाईज टिम खरिद गर्न खुल्ला टेन्डर आह्वान गरेको छ । क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फ्रेन्चाईज खरिदका लागि टेन्डर आह्वान गरिएको जनाएको छ ।

    images

    क्यानको मंगलबार बसेको बोर्ड बैठकले पहिलो संस्करणको नेपाल टि२० लिगका लागि ६ टोलीको नाम टुङ्गो लगाएको थियो । क्यानका अनुसार आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न टोलीको सहभागिता रहने छ ।

    क्यानले आजबाट इच्छुक लागनीकर्तालाई टेन्डरका लागि प्रक्रिया खुल्ला गरेको छ । टेन्डरको मिती जुन १० तारिखसम्म रहेको छ ।

    images

    भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस ब्यावसायीक र रणनितीक साझेदार घोषणा गर्दै क्यानले कैलालीमा सम्पन्न साधारण सभामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो ।

    No photo description available.