आइतबार, भाद्र २८ गते २०८३
images

कामना सम्मिलित माल्दिभ्स पुलिसको विजयी सुरुवात

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 356
    SHARES
  • कामना सम्मिलित माल्दिभ्स पुलिसको विजयी सुरुवात

    जेठ १३ काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।

    images

    विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह बी मा तीन अंक हासिल गरेको छ । 

    यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो ।

    images

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीका ओपन स्पाइकरद्वय कामना र उषा पहिलो पटक विदेशी लिग खेल्दैछन् । नेपाल पुलिस क्लबका खेलाडी दुबै पहिलो पटक माल्दिभ्स पुगेर लिग खेलेका हुन् ।

    दोस्रो खेलमा भोलि (शनिबार) कामना सम्मिलित टिम पुलिस क्लब र उषा सम्मिलित धिबेही सिफाइन्ज क्लब प्रतिस्पर्धा गर्दैछन् ।